सोमवार, बैशाख २४, २०८१

कुन प्रदेशमा समानुपातिक प्रदेश सभा सदस्य कति?

काठमाडौं असोज २४
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्र्तगत मुलुकको सात प्रदेशका लागि प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत ३३० [६०%] प्रतिशत प्रादेशिक सदस्य निर्वाचित हुँदै गर्दा समानुपातिक निर्वाचन प्रणाली मार्फत र २२० [४०%] प्रतिशत निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

यसरी प्रत्येक प्रदेशमा समानुपातिक निर्वाचनप्रणाली मार्फत निर्वाचित हुने सदस्य मध्ये प्रदेश नं १ मा ३७ जना, मधेस प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदुरपश्चिम प्रदेशमा २१ प्रदेशसभा सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुने आयोगले जनाएको छ।