सोमवार, बैशाख २४, २०८१

डेङ्गु संक्रमणका कारण ४४ को मृत्यु, संक्रमितको सख्या ३३ हजार नाघ्यो

काठमाडों असोज २४ ,
स्वास्थ्य तथा जनसख्ङ्ख्या मन्त्रालयले मुलुकको ७६ जिल्लामा डेङ्गु फैलिएको जनाएको छ । त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा २७ जनामा सङ्क्रमण पुष्टि भएसंगै डेङ्गु संक्रमितको सख्या ३३ हजार ९ सय ७५ पुगेको जनाएको छ।साथै संक्रमणका कारण ४४ जनाको मृत्यु भएको जानकारी समेत मन्त्रालयले दिएको छ।

यसैवीच देशभर डेङ्गुको प्रभाव फैलिदै गर्दा वितेको २४ घण्टामा १ हजार ५ सय ४६ कोभिड नमूना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २६ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

१२ हजार १८ जनाको ज्यान लिएको कोभिडको सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ रहेको जनाउँदै मन्त्रालयले नेपालमा ९लाख ९९ हजार ९११ जनामा सङ्क्रमित भएको र ण पुष्टि ९ लाख ७८ हजार ३२४ जना सङक्रमणमुक्त भएको जनाएको छ।