सोमवार, बैशाख २४, २०८१

काँग्रेस नेता केसीले भने- यो मेरो अन्तिम निर्वाचन हो

काठमाडों असोज २४ ,
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले पार्टीमा देखिएको संस्थागत विचलनलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउनका लागि आफु निर्वाचनमा होमिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता केसीले मंसिर ४ गते हुने आम निर्वाचन आफ्नो लागि अन्तिम भएको बताउँदै आसन्न निर्वाचन पछि कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने जनाउ दिदै यो निर्वाचन मेरो अन्तिम निर्वाचन भएको बताउनुभयो ।