सोमवार, बैशाख २४, २०८१

सन्दीपलाई थप सात दिन थुनामा राख्न अदालतको आदेश

 काठमाडौं असोज २४ ,
काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । कतार एयरवेजको विमानबाट असोज २० गते नेपाल फर्केका लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।

लामिछानेविरूद्ध गत भाद्र २१ गते एक बालिकामाथि बलात्कारको आरोप सहितको जाहेरी दर्ता भएसंगै नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसवीचमा दशैँ बिदाका कारण अदालत विदा रहेका कारण आजमात्र म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।अदालतबाट प्राप्त म्याद भित्र अभियोग पुष्टि हुने आधार र प्रमाण भएमा सोहि मुताविकको राय प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएसंगै सरकारी वकिलले सरकारवादी मुद्दा बनाएर अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।