सोमवार, बैशाख १७, २०८१

उपत्यकाका २सहित नेकपा एसलाइ २० सिट,कहाँ को उम्मेदवार ?

 काठमाडौं असोज २२,
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको क्रममा सत्ता गठबन्धनबीच भएको सिट बाँडफाँटको सहमति अनुसार १६५ सिट मध्ये सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले काठमाडौं निर्वाचन क्षेत्र न ८ र ललितपुरको निर्वाचन क्षेत्र न २ सहित २० सिट पाएको छ ।

नेकपा एकीकृत सम्वद्ध स्रोतका अनुसार नेकपा एसले इलाम १ , उदयपुर २ , रौतहट १ ,बारा ४,काठमाडौं ८,ललितपुर २,धादिङ,मकवानपुर २,कास्की,गुल्मी २ पाल्पा २,रुपन्देही २ ,दाङ १,सल्यान,डोल्पा, दैलेख,अछाम १, बझाङ र डोटी रहेका थाहा भएको छ ।

सिट बाँडफाँटसँगै उम्मेदवार समेत छिनोफानो गरेको नेकपा एसले झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्णकुमार श्रेष्ठ बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, मकवानपुर–२ बाट विरोध खतिवडा लगायतका उम्मेदवार हुने जनाएको  छ।