शुक्रबार, बैशाख १४, २०८१

अविरल वर्षाका कारण वर्ष ०७९ को बडादशैँ पूर्णत प्रभावित, भूक्षय,गेग्रान बहावको जोखिम

काठमाडौं असोज २० ,
मंगलवार देखि परेको अविरल वर्षाका कारण वर्ष २०७९ को बडा दशैँ प्रभावित भएको छ । वर्षाकै कारण बडादशैंको मुख्य दिन अर्थात विजया दशमीका दिन समेत आफ्ना मान्यजनको हातबाट दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गर्ने क्रम समेत प्रभावित भएको छ।

त्यस्तै बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावको कारण काठमाडौं उपत्यकामा लगायत देशैभर कहिँ मध्यम त कहि भारी वर्षा भइरहेको जनजीवन प्रभावित भएको छ ।

त्यस्तै अविरल वर्षाका कारण आज विजया दशमी अन्र्तगत टीकाको दोस्रो दिन पनि विहानै देखि परेको अविरल वर्षाका कारण आफ्ना मान्यजनबाट दुर्गा भवानीको प्रसाद टीका, जमरा थाप्ने क्रममा समेत समस्या सिर्जना भएको छ। यद्यपी टिका थाप्ने क्रम कोजाग्रत पूर्णिमा दिन सम्म पनि चल्ने भएका कारण कतिपयले कोजाग्रत पूर्णिमा वा वर्षा थामे संगै मान्यजनबाट टीका ग्रहण जाने योजना तय गरेको पाइन्छ।

पछिल्लो समय  देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । विभागले आज बिहान ६ बजे मौसम पूर्वानुमानको बुलेटिनफर्मात जनाएको छ। त्यस्तै महाशाखाले अविरल वर्षाका कारण यसवीचमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा समेत समस्या हुन सकने सम्भावना औल्याउँदै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।