बिहिबार, बैशाख १३, २०८१

विमानबाट ओर्लिए लगत्तै लामिछाने प्रहरीको नियन्त्रणमा

काठमाडौं असोज २०,
जबर्जस्ती करणीको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

कतार एयरवेजको विमानबाट आज नेपाल फर्केका लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामिछानेविरूद्ध गत भाद्र २१ गते एक बालिकामाथि बलात्कारको आरोप सहितको जाहेरी दर्ता भएसंगै नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको विमानस्थल प्रहरी सुरक्षा प्रमुखको कार्यालयले जनाएको छ ।