बुधबार, बैशाख १२, २०८१

आज टीकाको दोस्रो दिन: अविरल वर्षाका वीचपनि मान्यजनको हातवाट टीका लगाउने क्रम जारी

काठमाडौं असोज २०,
अविरल वर्षा संगै हिले दशैं बनेको वर्ष२०७९ को बडादशैं अन्र्तगत आज टीकाको दोस्रो दिन वर्षाकोवीच पनि आफ्ना मान्यजनको हातवाट टीका लगाउने क्रम जारी रहेको छ ।

पहिलो दिन बुधबार विजयादशमीका दिन घरपरिवारमा टीका लगाएकाहरुले आज दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने गर्दछ ।

 यसपटकको बडादशैंमा वर्षाका सडकहरु अवरुद्ध रहेका छन् भने दुरदराजमा रहेको आफ्ना मान्यजनको हातबाट टीका जमरा सहित आशीर्वाद ग्रहण गर्ने जाने क्रममा विराम लागेको अवस्था छ । यद्यपी देवी दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाको दिनसम्ममा परम्परा रहेका कारण दशैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने गरिन्छ । यसवीचमा    ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने क्रमलाइ निरन्तरता दिईएको छ ।