सोमवार, बैशाख १७, २०८१

मुलुकमा व्याप्त भ्रष्टाचारले व्यवस्थालाई नै पदभ्रष्ट तुल्यायो : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं असोज १४,
पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैं २०७९ को अवसरमा भिडियो सन्देश मार्फत् शुभकामना दिदै स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अड्याएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु आवश्यक भएको बताउनुभएकोछ ।

त्यस्तै १० मिनेट ८ सेकेण्डको भिडियो सन्देश मार्फत उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको जिकिर सहित पछिल्लो समय न्यायालय देखि सडक सम्म देखिएको विकृति एवम नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासोका कारण मुलकको अस्तित्व नै धरापमा परेको उल्लेख गर्नुभएको छ। विश्वका दुइ ठूला देशकावीच अवस्थित हाम्रो मुलुकको धार्मिक,मौलिक र सांस्कृतिक पक्षसंगै मुलुकको परराष्ट निति सन्तुलित हुन नसक्दा थप समस्या सिर्जना गरेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै पदलोप सत्तास्वार्थ र भागवण्ड गरेर आफ्नै सविधाका लागि मात्र मुलुकको राजनिति केन्द्र भएपछि सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ भन्दै उहाँले हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न नहुँनेमा जोड दिनुभएको छ।

httpv://www.facebook.com/phanir.pathak.3/videos/5761968123855814/

साथै राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’