शुक्रबार, चैत्र १६, २०८०

यसरी मनाइयों पचली भैरवको घ्याम्पो जात्रा

 काठमाडौं असोज १४ , 

आश्विन शुक्ल पक्ष चौथी र पञ्चमी तिथीका दिन मनाइने पचली भैरवको जात्रा अन्र्तगत आज दोस्रो दिन राजधानीका तल्लो टोलमा मनाइदैछ ।  जात्राको अघिल्लो दिन अर्थात पचलीभैरवको मूर्ति भीमसेनस्थानस्थित थकुजुजुको घरबाट बाजागासहित टेकु दोभानसँगैको पचली पीठमा पुर्‍याउने परम्परा रहिआएको छ ।

विहिवार राति पीठमा राखेपछि मूर्तिको घाँटीमा मुन्डमाला, नागमाला, कम्मरमा बाघ र हात्तीको छालाले बेरिने चलन छ । त्यस्तै मूर्तिको कानमा कुण्डल र सुनको मोलम्मा लगाइएको नृत्य मुद्रामा ६ हातको भैरवमूर्तिसहित तामाको ठूलो घ्याम्पोमा श्रद्धालु भक्तजनबाट पूजा अर्चना गरिन्छ । त्यसपछि जाँड, रक्सी, फूल, माछा आदि भर्ने काम गर्नुका साथै थकुजुजुद्वारा मासाँहुति यज्ञ गरिनेछ । यसअघि मूर्तिलाई क्वहिटीस्थित चित्रकारको घरमा रङरोगन गरी आँखामा दृष्टि खोल्ने काम गरिसकेपछि थकुजुजुको घरमा पुर्‍याइने गरिन्छ

त्यस्तै आज दोस्रो दिनको जात्रा अन्र्तगत पचली पीठबाट सोमबार राति पचलीभैरवलाई अजिमासहित तल्लो टोलहरू इनाखा, गोफल, लगन, जैसीदेवल, चिकंमुगल, मरुटोल हुँदै सांस्कृतिक बाजागाजासहित जात्रा गर्दै हनुमानढोका दरबारपुगेसंगै राज्यको तर्फबाट राँगो सहितको बली चढाई पूजा गर्ने परम्परा रहिआएको छ । त्यस अवसरमा कुमारी घरबाट जीवित देवी कुमारीलाई पनि जात्रा नजर गराउँन त्यहाँ उपस्थित गराइने चलन रहेका छ । त्यसपछि ब्रह्म टोलस्थित श्वेतभैरवको तीनपल्ट परिक्रमा गराएपछि यँङगाल स्थित पालाको घरमा पुर्‍याउँदै जात्रा सम्पन्न गरिने परम्परा रहिआएको छ ।