शुक्रबार, बैशाख १४, २०८१

वरिष्ठ उपाध्यक्षको जिम्मेवारी लिदै रवीन्द्र मिश्र राप्रपा प्रवेश

काठमाडौं असोज १२,
बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी [मडरेट कन्जरभेटिभ ]’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासका लागि भन्दै विवेकशील साझा पार्टीको साधारण सदस्यता समेत परित्याग गर्दै रवीन्द्र मिश्र अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन ।

बुधबार रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी र राप्रपाबीच पार्टी एकता भएसँगै मिश्रले राप्रमामा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएकाछन ।

आज राजधानीम आयोजित दुइ पार्टीवीचको एकता घोषणा सभामा शंखघण्ट बजाउनुका साथै बटुकहरुबाट स्वस्ति बाचन गरेर एकता घोषणासंगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले घोषणापत्रमा हस्ताक्षर गरेर एकअर्कालाई प्रदान गरेका थिए ।