सोमवार, बैशाख २४, २०८१

आजदेखि निर्वाचन आचारसंहिता लागू

 काठमाडौं असोज १२,
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आसन्न निर्वाचनलाइ स्वच्छता, निष्पक्ष , पारदर्शि र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले तर्जमा गरेको आचारसंहिता गत भाद्र १३ गते नेपाल राजपत्रमा निर्वाचन आचारसंहिता, २०७९ प्रकाशन गरेको थियो ।

त्यस्तै आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिदै जारी आचारसंहिताको सफल कार्यान्वयनका लागि नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई गमभीर बन्न समेत निर्देशन दिएको जनाएके छ ।

त्यस्ते सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आयोगले जारी आचारसंहिता लागू हुने जनाउँदै आयोगले आसन्न निर्वाचनलाइ स्वच्छता, निष्पक्ष , पारदर्शि र भयमुक्त वातावरणमा सम्पन्न गर्नु सवैको कतव्र्य भएको बताएको छ।