सोमवार, बैशाख १७, २०८१

काँग्रेसमा बन्दसूची प्रकरण: संस्थापन विरुद्ध कोइराला समूहको धर्ना

 काठमाडौं असोज १२,
आसन्न संघ र प्रदेश सभा निर्वाचन प्रयोजनको लागि संस्गापन समूहले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूची एक पक्षीय रुपमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा। शेखर कोइराला पक्षधर आज केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदैछ।

गत सोमबार बसेको शेखर कोइराला नेतृत्वको समूहको बैठकले बुधबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरे अनुरुप धर्ना कार्यक्रमको आयोजना गरेको हो । डा.कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरुमात्र समेटिएको जनाउ सहित केन्द्रीय कार्यालय सानेपामा धर्ना दिदै आन्दोलनको विकुल फुकेको  हो ।

कोइराला पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान सहित आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने जिकिर गर्दै आएकोछ।

मंगलवार पार्टी प्रवक्ता प्रकाश शरण महतले पत्रकार सम्ममेलन मार्फत निर्वाचन आयोगमा पेश भएको समानुपातिकतर्फको बन्दसूची पार्टीका पदाधिकरी, पूर्वपदाधिकारी, आमन्त्रित सदस्य र सातै प्रदेशका नेतागणसँग सल्लाह गरेर सहमतिमानै निर्णय गरिएको बताउँदै यसमा विवाद गरिराख्नु न्यायसंगत नभएको बताउनुभएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031