सोमवार, बैशाख २४, २०८१

डेंगी संक्रमणको रफ्तार बढ्दो , थप चारको मृत्यु

काठमाडौं असोज १२,
नेपालमा पछिल्लो समय डेंगी संक्रमणको अवस्था निकै जटिल बन्न थालेको छ । बुधबार एकैदिन देशभर २ हजार २६ जना डेंगी संक्रमित थपिएको जनाउँदै नेपालमा २७ हजार ५६९ जनामा डेंगी संक्रमितको सूची अभिलेखिकरण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्ते मन्त्रालयले वितेको २४ घण्टामा डेंगी संक्रमणका कारण थप चार जनाको मृत्यु भएको र योसंगै मृत्यु हुनेको संख्या ३६ पुगेको जानकारी दिदै पछिल्लो समय मुलुकको सात प्रदेश मध्ये प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना रहेको मन्त्रालयले जनाएको छ ।