शनिबार, बैशाख १५, २०८१

चाडपर्व लक्षित नेपाल प्रहरीको सुरक्षा योजनाको लागि ३ हजार भन्दाबढी प्रहरी परिचालन हुने

काठमाडौ असोज ४,

आसन्न बडा दशैं लगायतका चाडपर्व लक्षित हुँदै नेपाल प्रहरीले यहाँको सुरक्षा व्यवस्था चुस्त बनाइराख्न ३ हजार ३४३ प्रहरी परिचालन हुने जनाएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि उल्लेखित सख्यामा प्रहरी परिचालन गर्न लागेको जानकारी दिदै आसन्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिएको छ।

त्यस्तै अपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित स्थानलगायतमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना सङ्कलन तथा प्रहरी समेत यसवीचमा परिचालन गरिने जानकारी दिदै सुरक्षाको विषयमा नागरिकमा बढी भन्दा बढी जानकारी प्रवाहका लागि काठमाडौ प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौको फेसबुक पेज, ट्राफिक एफएम तथा सञ्चारका अन्य माध्यमबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, टोलटोलमा माइकिङ गर्नुका साथै पर्चा पम्प्लेट वितरण गर्ने, स्थानीय जनसमुदाय, सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीसँग निरन्तर छलफल तथा अन्तक्र्रिया लगायतका कार्यक्रमको आयोजना समेतलाइ चाडपर्व सुरक्षा योजना–२०७९ मा समावेस गरिएको जनाएको छ।

यस्तै, काठमाडौभित्र रहेका १४ प्रहरी वृत्तमा कार्यरत प्रहरीलाई प्रभावकारी परिचालन गरिने, १२ स्थानमा प्रहरी हेल्प डेस्क स्थापना गर्ने, १२ स्थानका टिकट काउण्टरमा प्रहरी खटाउने, २४ स्थानमा मोबाइल गस्ती गर्ने, ९१ स्थानमा पिकेटिङ, प्रहरी निरीक्षकको कमाण्डमा १४ स्थानमा क्युआरटी, २८ स्थानमा नाका सिल, कर्डन एण्ड सर्च, ३५ स्थानमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्चा पम्प्लेट वितरण, ४२ स्थानमा चेक प्वाइन्ट, ३८ स्थानमा सादा पोसाकमा प्रहरी परिचालन संगै अतिविशिष्ट व्यक्तिको सवारी तथा कार्यक्रमको सुरक्षा व्यवस्थापन मिलाइएको