बुधबार, माघ १८, २०७९

कोशी बाँधः बाढी र बस्तीको लुकामारी

अमृता घिमिरे / शुभलक्ष्मी विक

कोशी सम्झौता अनुसार भारत सरकारले नदीको दुबैतर्फ स्थायी तटबन्ध गर्नुपर्ने हुन्छ । उक्त कार्य नगरेको कारण पछिल्ला केही वर्षयता नागरिक बाढी र डुबानको समस्यामा छन् । नदी गाउँतिर सोझिएपछि यहाँका बासिन्दालाई त्रास थपिएको छ ।

कोशी नदीलाई भारतमा बिहारको दुःख’ भनेर चिनिन्छ । नेपालभारतबीच असमान सन्धी र कोशी बाँधका कारण यो बिहारको मात्रै होइन नेपालीको पनि दुःखको विषय बनेको छ । कोशी व्यारेज निर्माण भएयता वर्षौंदेखि कोशीको दुःख प्रत्यक्ष रुपमा नेपालीले व्यहोर्दै आएका छन् ।

 

गत साउन १८ गते बिहान सप्तकोसीमा बाढी आएपछि एउटा भंगालो कटान गरी बस्तीमा पसेको थियो । नदी गाउँमा पसेपछि उदयपुरको वेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र प्रभावित भएका थिए । सप्तकोसीले कटानबाट तटीय क्षेत्रका २० हजार बढी नागरिक प्रभावित भएका छन् । भाद्र महिनाको अन्तसम्म पनि बर्षातको मौसम नसकिएकोले तटीय क्षेत्रमा जोखिम अझै कायम छ ।

अवस्था :  न दिनको भोक न रातको निदमा नागरिकहरुले जीवन गुजार्दै आएका छन् । कतिबेला बाढी आउने हो थाहा छैनबरु रातै नपरे हुन्थ्यो बेलकाका दलबहादुर मगरले भने । सप्तकोशी नदी बराहक्षेत्रको मध्य भागबाट बग्दछ । बाढी र डुबानको कारण बर्षेनी यहाँका बासिन्दाले भौतिक क्षति भोग्दै आएका छन् । बाढी र डुबानका कारण बिस्तापित भएका केही घरपरिवार पानीको बहाब घटेपछि आफ्नो बासस्थानतिर फर्किन सुरु गरेका बेला पुनः वर्षा सुरु भएपछि उनीहरु व्यवारिसे अवस्थामा छन् ।

बेलका नगरपालिकाका उमेश माझी नजिकैको बाल आश्रममा आश्रय लिएर बस्नुभएको छ । बस्तीको पानी कम भएर बस्न मिल्ने हुने बित्तिकै आफ्नो बस्तीमै फर्किने उहाँको इच्छा छ । नगरपालिकाले गाँस र बाँसको व्यवस्था मिलाई राखेको भएपनि सबै जना आफ्नै घर फर्किन चाहेको माझीको भनाई छ । नगरपालिकाको टेन्टमा आफू सुरक्षितसाथ बसेपनि घरमा रहेका पशुपन्छीको सुर्ताले उनीहरु ढुक्कसँग निदाउन सकेका छैनन् । बाढी नपस्ने गरि बलियो बाँध लगाइदिए ढुक्क भएर आफ्नै बस्तीमा खुशीखुशी बस्न पाइन्थ्योदलबहादुरले भने ।

बाँधको समस्या समाधान हुन नसक्दा सप्तकोशी आसपास पुर्खौंदेखि बसोबास गर्दैै आएका हजारौं मानिस विस्थापित हुने खतरामा छन् । हरेक वर्षझैँ यसपटक पनि अविरल बर्षा सुरु भएसङ्गै आएको बाढीले सप्तकोशीको बाँध फुटेको थियो । बाँध फुटेसङ्गै सो आसपास बसोबास गर्दै आएका मगर र माझी लगायत करिब आठहजार मानिस विस्थापित भएका थिए भने करिव चार हजार घर परिवार उच्च जोखिममा परेका छन् ।

 बाढीका कारण उदयपुरको बेलका नगरपालिका८ लाहुरे खोँच डुम्रेबोटमा सप्तकोशीको बाँध फुटेको हो । बाँध फुटेर बाढी गाउँ पसेसङ्गै बेलका नगरपालिका८ र ९ तथा बराहक्षेत्र नगरपालिका६ डुबानमा परेका हुन् । जसको कारण बेलका नगरपालिका८ र ९ उच्च जोखिममा परेका छन् । उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा सप्तकोशी नदी फुटेपछि डुम्रीबोटेमसानघाटधौरी टप्पुचिलिया टप्पुएबीसीश्रीलंका टापुरामनगरबोचिभागलपुरक्रान्ति टोलबानडाँडा र कोशी टाप्पु आरक्षका ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।

वि.सं. २०४५ सालमा नदीले धार परिवर्तन गरेको थियो । जसका कारण मानिसहरु कटान गरेको क्षेत्रबाट विस्थापित भई नदीले छाडेको भूभागमा बस्न थालेका थिए । यसपटक पुनःपहिलेकै धारमा फर्किंदा त्यहाँका बस्तिहरु प्रभावित भएका हुन् । कटानले पानीको बहाब गाउँतिर झोसिँदा बेलका नगरपालिकाका बासिन्दा उच्च जोखिममा परेका छन्भने लाहुरे खोँचका स्थानीय बासिन्दा आफुहरुले बर्सेनी यो समस्या भोग्दै आएको बताउँछन् ।

स्थानीय सरकारको प्रयासः क्षति न्यूनिकरण गर्न सकिन्छ :  बाढीको कारणले के कति क्षतिभयो भन्ने यकिन तथ्यांक भने छैन । बाढी आउनुपूर्व नै नगरपालिकाले सूचना जारी गरेर बस्ती छाड्नलगाएको र पूर्व तयारी गरेको कारण जनधनको क्षति हुन पाएन । सम्भावित जोखिमलाई मध्यनजर गरेका थियौंपूर्व तयारी भएकै कारण बढी क्षति हुन पाएन’, बेलका नगरपालिकाका मेयर अशोक कार्कीले भने । पूर्व तयारी गर्दा कम क्षति हुन्छक्षति न्यूनिकरण गर्न सकिन्छ भन्ने कुराको नमूना पनि हो यो बाढीको न्यून असर । यद्यपि  यस क्षेत्रका हजारौं नागरिकले वर्षौंदेखि यस्तै समस्या भोग्दै आएका छन् ।कतिपय मानिसहरुघरबारबिहीन समेत भइसकेका छन् ।

बेलका नगरपालिकाकी उपमेयर जिरा राईले बस्तीमा कोशी पसेको भन्दा पनि भंगालो बस्तीतिर आएको बताइन् । पानीको बहाब बढी भएर भंगालो फुटेको उनको भनाई छ । दीर्घकालीन समस्या समाधानभन्दा पनि पानीको व्यवस्थापनमा  भंगालो थुन्ने कार्य गरिएको उपमेयर राईले बताइन् । भंगालो थुनेर पानी व्यवस्थापन भएपछि मानिसहरु आफ्नो बस्तीमाफर्किन थालेको उपमेयर राईको भनाई छ ।

पानीको दीगो व्यवस्थापनका लागि संघीय सरकारसँग अल्पकालिन र दीर्घकालिन व्यवस्थापनका योजना नगरपालिकाले माग गरिसकेको छ । जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा पानीले नबगाउने ठूल्ठुला ढुङ्गा लगाएर बाढी रोकी पानी सुकाइएको हो ।

साथै,नागरिकको जनधनको सुरक्षा खातिर स्थानीयकै माग बमोजिम बलियो बाँध लगाउन संघीय र प्रदेश सरकारसँग समन्वय र पहलगरिएको मेयर कार्कीले बताए । विपद्मा परेको बेला सबै संघ,संस्था र निकायको सहयोग लिई ७÷८ हजार विस्तापित मानिसहरुको व्यवस्थापन गरियोमेयर कार्कीले भने, ‘बाँध लगाइदिनु भनेर प्रदेश र संघीय सरकारसँग पहल गरेका छौँसुनुवाई भएन भने २ वर्षकोपूर्वाधार विकासको बजेट लगाएर भएपनि नगरपालिका आफैले बाँध लगाउँछ ।

स्थानीय सरकारकै पहलमा सरकारले साउन अन्तिम साता नै सप्तकोशी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र समेत घोषणा गरिसकेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरि संरक्षणमा पहल गर्नुपर्ने स्थानीयको दवावपछि गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सप्तकोशीको बाढीले बढी क्षति पु¥याएको भौगोलिक क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

विज्ञको बुझाई :  नदीले धार परिवर्तन गर्ने बित्तिकै खाली जग्गामा बस्ती बस्ने चलनलेगर्दा यस्तो समस्या आएको कतिपयको बुझाई छ । कोशीको सम्बन्धमा भने असमान सन्धी नै मुख्य कारण रहेको नेपालका भूगोलविद् तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन् । सहमति अनुसार काम नभएको र नेपालले आफू झुकेर सम्झौता गरेको कारण नेपालीले वर्षेनी एउटै किसिमको समस्या भोग्नुपरेको उनले बताए ।

उच्चस्तरीय कुटनीतिक पहल र राजनीतिक छलफलबाट मात्र समस्या समाधान गर्न सकिने भएकोले बस्ती जोखिमको दीगो समाधान फेला पार्न कठिन देखिन्छ । विपद्को समयमा खाद्य सहयोगदेखि लिएर पीडितसँग निरन्तर सम्पर्कमा रहेका नेपाल रेडक्रस सोसाइटी उदयपुरका मन्त्री सुवास श्रेष्ठले कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र रहेकोबस्ती अझै पनि जोखिममै रहेको बताए । यद्यपी यतिबेला मानिसहरु आफ्नो घर फर्किएका छन्कोशीको बाढी कतिबेला आउँछ भन्ने यकिन गर्न सकिन्नउनले भने, ‘यसमा यतिबेला यति नै पानी आउला भनेर आँकलन गर्न पनि गाह्रो छ । भारतीय पक्षले चाहे मात्र बाँधका ढोका खुल्ने भएकोले छेउछाउमा बनाइने बाँधले मात्रै पानीको वहाव र बाढी नियन्त्रण हुन्छ भनेर सोच्नु पनि गलत रहेको मन्त्री श्रेष्ठको धारणा छ । स्थानीय अधिकारकर्मीको रुपमा काम गर्दा आफ्नो अनुभव सुनाउँदै उनले यस क्षेत्रमा देशका सबै जिल्लाका मानिसहरुको बसोबास गरिरहेको बताए ।

किन छोड्न चाहँदैनन् बासस्थान?

एकातिर बाँधको आसपासमा तटबन्ध नहुनू त अर्कोतिर बाढी आउँदा पनि बाँधका ढोकाहरु बन्द राखिनु अत्यन्तै जोखिमपूर्ण छ । तैपनि मानिसहरु जोखिम मोलेर पुर्खौंदेखि कोशी टप्पु वन्यजन्तु आरक्षको यस क्षेत्रमा बसोबास गरिरहेका छन् । स्थानीय जानकारका अनुसार राम्रो आम्दानी हुने हुनाले उनीहरु त्यो ठाउँ छाडेर जान चाहँदैनन् । आम्दानीको लोभमा परेर जोखिमपूर्ण ठाउँमा बस्नु स्थानीयकै गल्ती भएको कतिपयको धारणा छ । तरवर्षौंदेखि त्यही ठाउँमा बस्दै फाइदा पनि लिंदै आएकोले उनीहरु त्यो ठाउँ सितिमिति छोड्न चाहँदैनन् । आरक्षको जग्गा भएकोले यहाँका नागरिकसँग जग्गाधनी प्रमाणपूर्जा छैन । छोडपत्र कागजका आधारमा किनबेच भएको जग्गा हुनाले केही दिन छोड्दा पनि आरक्षले हडप्ला भन्ने स्थानीयलाई चिन्ता छ ।

सिँचाई हुने र अत्यन्त उर्वर भूमि रहेको यस क्षेत्रमा अन्यत्र भन्दा राम्रो आम्दानी हुन्छ । यहाँका मानिसहरु कम्तीमा पनि ५० देखि तीन सय वटासम्म भैंसी पालन गर्छन् । खेती र पशुपालन गर्ने यहाँका मानिसहरुको आम्दानी कुनै व्यवसायीको भन्दा कम छैन । त्यसैले जति नै जोखिम भएपनि स्थानीयले यस ठाउँ छाडेर जान चाहेका छैनन् । उनीहरुको यो चाहनालाई राजनीतिक रुपमा पनि संरक्षण पुगेको कतिपयको आँकलन छ । तरउनीहरुको सुरक्षामा भने राजनीतिक पहल पुग्न सकेको देखिँदैन ।

राहत होइन, बाँध चाहियो

 

बाढीले बिस्थापित हुँदा यस क्षेत्रका बाढी प्रभावित महिलाबालबालिकाअशक्त तथा वृद्धबृद्धा लगायत नागरिकहरुलाई विभिन्न संघसंस्थाको सहयोगमा माछामासुगेडागुडीफलफूल लगायतको पोषिलो खानेकुराको व्यवस्था मिलाइएको थियो । उपमेयर राईका अनुसार बाढी पीडितको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले स्वास्थ्य टोली परिचालन गरेको छ । टोलीले दैनिक २ पटक पीडितहरुको स्वास्थ्य परीक्षण गर्दछ । पीडितहरुको मानसिक अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले मनोसामाजिक परामर्शकर्ताको सेवा पनि उपलब्ध गराईएको छ । मानसिक समस्या आउन नदिन बेलैमा मनोचिकित्सकसँग समन्वय गरेका छौँउपमेयर राईले भनिन् ।

कोशीको माटो कमजोर भएको कारण पानीको बहाब बढेसँगै कटान धेरै भएको यहाँका जानकार बताउँछन् ।कटान धेरै भएपछि होचो भागतिर पानी बगेर बस्ती बगाएको बेलकाका भरत घिमिरेले बताए । कोशी नै फुटेर आएको होइनभोलिका दिनमा जोखिम हुन नदिन दीर्घकालिन रुपमा व्यवस्थापन जरुरी छउनले भने । घिमिरे जस्तै यस क्षेत्रमा बलियो बाँध आवश्यक रहेको स्थानीय बताउँछन् । संघ र स्थानीय सरकारको सहकार्यमा बलियो बाँधबनाउनुपर्ने सरोकारवालाहरुको भनाईछ। आफूहरुलाई राहत होइनबलियो बाँध चाहिएको पीडितहरुकोभनाई छ ।स्थानीय नागरिकको जनधनको सुरक्षा गर्ने स्थानीय सरकारको दायित्वप्रति आफूहरु सजग रहेको भन्दै स्थानीय सरकार बाँध बाँध्न प्रतिबद्ध रहेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए ।

तराईमा आउने बाढी पछिल्ला केही वर्षयता हरेक वर्ष आउने नियमित प्राकृतिक प्रकोप नै बनिसकेको छ । हरेक वर्ष यसबारेमा चर्चा हुने गर्छ । तरत्यतिखेर मात्रजब बाढीले आफ्नो विकराल स्वरुप देखाउँछ । बाढी सकिँदै गएसँगै यस्ता चर्चा पनि विस्तारै सेलाउँदै जान्छन्। तराईमा आउने बाढी विगतको तुलनामा अझ भयावह बन्दै गएको जानकारहरु बताउँछन् । त्यसको ज्वलन्त उदाहरणकोशी नदीको बाढी पनिएक हो ।

निष्कर्ष :  कोशी बाँध अथवा कोशी नदी पूर्वी नेपालमा पर्दछ । यो कोशी बाँध नेपालको सबैभन्दा ठूलो नदीमै बनाईएको बाँध हो । यस बाँधमा ५६ वटा ढोका छन् । जसलाई पानीको बहावको आधारमा खोल्ने र बन्द गर्न लगाउने गरिन्छ ।

नेपाल र भारतबीच सन् १९५४ अप्रिल २५ मा कोशी सम्झौता भएको थियो । सिंचाईयातायातको विकास गर्ने उद्देश्यले कोशी सम्झौता भएकोे हो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहारलाल नेहरु र नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोईरालाबीच कोशी सम्झौता भएको थियो ।सम्झौता अनुसार भारत सरकारले व्यारेजदेखि चतरा पुलसम्मको सप्तकोशी नदीको दुवै किनारामा तटबन्ध निर्माण गर्नुपर्नेउल्लेख छ । तरसम्झौता अनुरुप निर्माण नगरिँदा बर्षेनी विपत बढेको बढ्यै छ । नेपाली राजनीतिमा यस्ता बाँधहरुको स्मरण त्यत्तिखेर मात्र गर्ने गरिन्छजब जनता बाढीले आक्रान्त हुन्छन् ।समस्यामाथि निरन्तर आवाज उठाई सम्झौता तथा स्थानीयको मागबमोजिम बलियो बाँध निर्माण गरे मात्र समस्याको दीगो समाधान हुने देखिन्छ । (विपद पत्रकारिता सञ्जाल, डिजेएन)

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031