शुक्रबार, बैशाख २१, २०८१

देशभर कोभिड सक्रिय संक्रमितको संख्या १६ सय १९

काठमाडौ असोज ४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय देशभर कोभिड सक्रिय संक्रमितको संख्या १६ सय १९ रहेको जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ र १९ सय ७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ गरेर थप ७४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनकारी दिएको छ ।

साथै यसवीचमा १६० जना डिस्चार्ज भएको जानकारी समेत मन्त्रालयले दिएको छ ।