सोमवार, बैशाख १७, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकको पछिल्लो ११ बुँदे निर्णयहरू

काठमाडौं असोज २ ,
भाद्र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली लाई जिम्म्मेवारी तोक्ने निर्णय संगै इन्टरपोलको ९० औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक धिरजप्रताव सिंहलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै, सरकारले राष्ट्रिय भूमि आयोगको सदस्यहरु पश्चिम नवलपरासीका सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको भूमि आयोगको जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गरेको छ भने कास्कीका सोमबहादुर नेपालीलाई कास्की जिल्लाको जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ लाई स्वीकृत गरेको र संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने निर्णय

त्यस्तै मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। पछिल्लो समय संसदको कार्यकाल कहिलेसम्म रहने भन्ने प्रसंगको विवादले प्रशय पाउँदै आएकोमा सरकारको प्रस्तुत निर्णय संगै संसदको कार्यकाल विवाद सकिएको छ ।

यसैवीचनिर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिक उम्मेदवारको सूची पेश गर्न दलहरूलाई समय दिएको छ भने प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ मा हुने कार्यतालिका यसअघिनै सार्वजनिक गरिसकेको छ।