सोमवार, बैशाख १७, २०८१

काठमाडौँ सहित एक दर्जन भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौ भाद्र २२,
गृह मन्त्रालयले काठमाडौँ सहित एक दर्जन भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले सरुवा गरेका प्रजिअहरुमा काठमाडौँका प्रजिअ गोविन्द रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा  तान्दै उनको स्थानमा ललितपुरका सीडीयो घनश्याम उपाध्यायलाई पदस्थापना गरिएको थाहा भएको छ। त्यस्तै ललिपुरको प्रजिअमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको सरुवा भएको मन्त्रालय स्रोतले  जनाएको  छ ।

मन्त्रालयले कास्कीको प्रजिअमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाइ जिम्मेवारी दिइएको छ भने जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँलाई मन्त्रालय वोलाउँदै त्यहाँ मुकेशकुमार केसरी पठाइएको छ । यस्तै, दैलेखको प्रजिअमा यसअघि सूचना विमागका महानिर्देशक रहेका गोगन बहादुर हमाललाई पठाइएको छ भने बाँकेका सहायक टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ । सूचना विभागको महानिर्देशक हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए ।

यसैगरी सङ्खुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको थाहा भएके छ।