सोमवार, बैशाख १७, २०८१

अस्पताल पिच्छे नै डेङ्गु परीक्षणको फरक शुल्कका कारण संक्रमित थप पिडामा

डेङ्गु परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने  मन्त्रालयको तयारी

काठमाडौं भाद्र २२,
पछिल्लो समय देशैभर डेङ्गु संक्रमणको महामारी फैलिएसंगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने तयारी गरेको छ । डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेको भएपनि सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले मनमानी शुल्क लिने गरेको चर्चा चलेसंगै मन्त्रालयले परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने तयारी गरेको हो।

मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच भएको बैठक पछि मूल्यमा एक रूपता कायम गर्ने सहमति भए पनि शुल्क के कति भन्ने विषय भने एकध दिनमै सार्वजनिक गर्ने तयारी भएको सम्वद्ध स्रोतले जनाएको छ।

प्राप्त पछिल्लो जानकारी अनुसार डेङ्गुको परीक्षणको क्रममा सरकार मातहत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण शुल्क ८ सय तोकेको छ। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालले भने ५ सय रुपियाँमा नै डेङ्गु परीक्षण गर्ने गरेको छ। त्यस्ते त्रिवि शिक्षण अस्पतालले डेङ्गु परीक्षणको शुल्क ९६० रहेको छ भने निजी प्रयोगशालातर्फ भने विध ल्याबले १ हजार दुई सय, भरोसा अस्पतालले २ हजार ४ सय, र नर्भिक अस्पतालले १ हजार दुई सय रुपियाँ लिने गरेको पाएइको छ। यसरी अस्पताल पिच्छे फरक फरक मूल्यका कारण संक्रमित थप पिडामा पर्ने गरेको पाइएकोछ ।