आइतवार, बैशाख १६, २०८१

निलम्बित प्रन्या जबराविरुद्धको महाअभियोग सुनुवाइ शुरु , बिहीबार थप सुनवाइ

काठमाडौं भाद्र १५ ,
बुधबार महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रारम्भिक बयान लिएको छ। महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई बुधबार बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे जवाफ दिन जबरा सिंहदरबार वोलाएको हो ।

त्यस्तै समिति समक्ष आज बयान दिने क्रममा जबराले आफ्नो प्रतिरक्षाका हरसंभव प्रयास सहित उपस्थित भएको थियो ।

बैठकमा समितिले जबरालाई सोधेका सबै प्रश्नको जवाफ दिनेक्रम नसकिएपछि बिहीबार पुन बैठक बस्ने र थप जवाफ दिने गरि आजको बैठक सकिएको थियो । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग सुनुवाइ गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीबार ११ बजे बस्नेछ।