आइतवार, बैशाख १६, २०८१

विधायन समितिको बैठकबाट नागरिकता ऐन,संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं भाद्र १५ ,
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकले ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिनासंशोधन बहुमतले पारित गरेको हो ।

यसअघि गत साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते ८ बुँदे सन्देशसहित प्रतिनिधि सभामा फिर्ता भएको थियो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत विधेयक परिमार्जन, संशोधन तथा राष्ट्रपतिबाट उठाइएका विषय सम्बोधन गर्ने कुरा अहिले समयाभावले सान्दर्भिक नरहेको जनाउ सहित “विधेयकले नागरिकतासम्बन्धी सम्पूर्ण मुद्दालाई सम्बोधन गर्ने र नागरिकता लिने क्रममा गर्नुपर्ने स्वघोषणाले आमाको स्वाभिमान, सम्मान र प्रतिष्ठामा कुनै आँच आउने दावी गर्नु भएको थियो ।

त्यस्तै समितिको बैठकमा प्रतिपक्षी नेकपा एमालेका सांसद देवेन्द्र दाहाल, भगवती न्यौपाने लगायतले लिखित रुपमा फरक मत राखेका थिए भने समिति सदस्यहरु जितेन्द्रनारायण देव, प्रकाश पन्थ, प्रमिला कुमारी, डा बेदुराम भुसाल, गङ्गा बेल्बासे, उदयबहादुर बोहरा, राधेश्याम पासवान र सुरेश आले मगरले विधेयकको पक्षमा समर्थन गरेका थिए ।