शनिबार, बैशाख १५, २०८१

ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार एक सय १६ चालक कारबाहीमा

काठमाडौ भाद्र १४ ,
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सवारी साधन जाँचको क्रममा कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक सहित मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३ चालक रहेको कार्यालयले जनाएको छ।

त्यस्तै ट्राफिक कार्यालयले नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा कारावही गरिएको जनाउँदै ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ ।