सोमवार, बैशाख १७, २०८१

झापा क्षेत्र नम्बर १ बाहेक अन्य क्षेत्रबाट पनि चुनाव नलड्ने महामन्त्री शर्माको उद्घोष

काठमाडौ भाद्र १४ ,

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न संघीय निर्वाचनमाझापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । महामन्त्री शर्माले आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले आफ्नो उम्मेदवारीको दावी प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

साथै उहाँले तर आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको जनाउ सहित संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको रगठबन्धन हुँदा झापा–१ माओवादीको पोल्टाम पर्न सक्ने जनाउ दिनुको अलावा उम्मेदवार बन्ने विषयमा समेत आन्तरिक छलफल भइरहेको बताउनुभएको छ।

स्मरण रहोस महामन्त्री शर्मा झापा–१ मा यसअघि अर्थात २०७४ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्की र त्यसअघि संविधानसभाको निर्वाचनमा एमालेका नेता रविन कोइरालासंग पराजित हुनु भएको थियो ।