शुक्रबार, बैशाख १४, २०८१

थप २६३ जनामा कोभिड सङ्क्रमण,दुई संक्रमितको मृत्यु

 काठमाडौं साउन २८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसनार १ हजार ३९९ पीसीआर परीक्षण गर्दा १६२ र १ हजार ७६६ एन्टिजेन परीक्षण गर्दा १०१ जना गरि उल्लेखित सख्यामा कोभिड संक्रमितको पहिचान भएको हो ।

साथै यसवीचमा ५०१ जना सङ्क्रमण संक्रमितमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३४ रहेको छ । त्यस्तै दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएके छ ।