शुक्रबार, बैशाख ७, २०८१

आफ्नो बच्चाको डीएनए टेस्टका लागि एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो महानगर प्रमुख वालेन

काठमाडौं साउन २८,
काठमाडौं महानगर प्रमुख वालेन्द्र साहले आज त्रिवि शिक्षण अस्पतालमा उपचारमा रहेकी कुमारी आमा निहारिका राजपुतलाई भेटेका छन् ।बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डीएनए परीक्षण गर्न माग गर्दै आन्दोलनरत निहारिकाले आन्दोलनकै क्रममा आफ्नो माग सम्बोधनका लागि केही समयअघि गृह मन्त्रालयले आफ्नो मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि जारी आन्दोलन रोकेकी थिइन् ।

तर मन्त्रालयले दिएको आश्वासन पूरा नभएपछि उनले पुनः आफ्नो आन्दोललाइ निरन्तरता दिने क्रममा शुक्रवार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर न्याय माग्दै निहारिकाले पेट्रोल शरीरमा खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । तर उनको प्रयासलाई प्रहरीले असफल बनाउँदै उनको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उनलाई शिक्षण अस्पतालमा उपचारको लागि भर्ना गरिएको हो ।

यहि मेसोमा महानागर प्रमुख साहले अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै उनको माग जायज भएको भन्दै प्रमुख साहले आफ्नो फेसबुकमा लेखेका छन् ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने रु यो अत्ति हो । यो अत्याचार हो । कानूनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुन नहुँने जिकिर गर्नुभएको छ ।

स्मरण रहोस यसअघि पनि निहारिकाले सर्वोच्च अदालतअगाडि, वसन्तपुर क्षेत्र र सिंहदरबारअगाडि न्यायको माग गर्दै अनशन बसेकी थिइन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031