बिहिबार, बैशाख १३, २०८१

कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको बैठक: आयोगमा दल दर्ता गर्ने निर्णय

काठमाडौं साउन २८,
सत्तारुढ दल नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आसन्न् निर्वाचन लक्षित हुँदै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ। आगामी मङ्सिर ४ गते आइतबार सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचनमा प्रणाली र समानुपातिक निर्वाचनमा भाग लिनका लागि राजनैतिक दलहरुलाइ दलल दर्ताके लागि आयोगले गरेको आव्हान अनुरुप काँग्रेसले दल दर्ता गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले नेपालको संविधानको धारा २७१ तथा राजनीति दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्न पार्टीले नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ।

त्यस्तै बैठकले महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै पार्टीका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई सुम्पिएको पार्टीका मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्त्मिा आसन्न निर्वाचन लक्षित हुँदै राष्ट्रव्यापी अभियानको पूर्व निर्धारित कार्यक्रमको मितिलाई परिमार्जित गरेर भाद्र १० देखि भाद्र २४ गतेसम्म संचालन गर्ने निर्णय संगै प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क)(ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी बिधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश दिएकोछ