शनिबार, बैशाख १५, २०८१

चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग गर्ने छ जना प्रहरीको फन्डामा

काठमाडौं साउन १९ ,

नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण गरि लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गर्दै चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्दै पक्राउ परेका ६ जना अभियुक्तलाइ सार्वजनिक गरेको छ ।

प्रहरी आज सार्वजनिक गरेको अभियुक्तहरुमा गोरखा आरुघाटका ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखा सिरानचोकका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दीका २९ वर्षीय रोहित मगर, प्यूठान बागदुलाका २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरीका २७ वर्षीय विनोद केसी र बर्दिया राजापुरका २८ वर्षीय शिव सुनार रहेका छन् ।

त्यस्तै प्रहरीले अभियुक्तहरुले चिनियाँ नागरिकसंग रु १ करोड फिरौती मागेको प्रारम्भिकअनुसन्धानमा खुलेकोजनाउँदै पक्राउ परेका व्यक्तिहरुबाट ८ लाख १४ हजार ९०० नगद, २६ थान मोबाइल र हतकडी समेत बरामद भएके जानकारीदिएको छ।

साथै उनिहरुउपर मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद प्राप्त गरि थप अनुसन्धान भइरहेको जनाएको छ।