मङ्लबार, बैशाख ४, २०८१

स्पार्क हेल्थ होमलाइ रोटरी क्लव ज्ञानेश्वरको तर्फबाट ह्विल चियर हस्तान्तरण

काठमाडौं साउन १९ ,

 सामाजिक सेवाको क्षेत्रमा व्यक्तिगत स्वार्थको धरातल भन्दा माथि उठेर स्वार्थरहित सामाजिक सेवाको क्षेत्रमा अविराम सक्रिय रहदै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लव ज्ञानेश्वर ३२९२ ले आज एक अनौपचारिक कार्यक्रमकावीच स्पार्क हेल्थ होम अस्पतालका विरामीको प्रयोजनार्थ दुइ थान ह्विल चियर हस्तान्तरण गरेका छन ।

क्लव अध्यक्ष र रसुमिला श्रेष्ठले मानविय सेवा क्लवको मुख्य अभिष्ट रहेको जनाउ सहित काठमाडौं महानगर वडा न१३ स्थित स्पार्क अस्पतालका डाइरेक्टर हरिशरण रिजाललाइ अस्पतालमा उपचारार्थ आउने विरामीको प्रयोजनका लागि ह्विल चियर हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै उहाँले  यसअघि पनि क्लवको वार्षिक कार्यक्रम अन्र्तगत अन्य विभिन्न संघ संस्थालाइ समेत यस किसिमको सहयोग उपलब्ध गराइसकेको जानकारी दिनुभयो ।
विश्वव्यापी सञ्जालमा फैलिएको रोटरी क्लवले कुनैपनि किसिमका विपद वा समस्याको समयमा रोटरी विगतदेखिनै रोटरी इन्टरनेशनलको मुल्य मान्यता अनुरुप क्रियाशील रहदै आएको पाइन्छ । त्यसअवसरमा क्वल जिम्मेवार पदाधिकारी सोनी श्रेष्ठ, विना पुरी, कल्पना दाहाललगायतका व्यक्ति विशेषको उपस्थिती रहेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031