शुक्रबार, बैशाख १४, २०८१

बढ्दो मनसुनी प्रणालीको सक्रियतासंगै मङ्गलबारसम्म भारी वर्षाको सम्भावना

 काठमाडौं साउन १६,
जल तथा मौसम विज्ञान विभागले मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षाको संभावना रहेको जनाएको छ । बढ्दो मनसुनी प्रणालीको सक्रियतासंगै देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।

त्यस्तै विभागले यसवीचमा प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावनासंगै सोमवार रमंगलवार पूर्वमा मनसुन बढी सक्रिय हुने सम्भावना रहेको जनाएको छ ।

साथै विभागले देशभर प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकाध भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।