शनिबार, बैशाख १५, २०८१

राष्ट्रपतिसमक्ष नवनियुक्त अर्थमन्त्री शर्माको शपथ

काठमाडौं साउन १५
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मन्त्री शर्माले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत उच्चपदस्थ पदाधिकारी र अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।