शनिबार, बैशाख १५, २०८१

नेकपाका महासचिव विप्लव, प्रवक्ताप्रकाण्ड लगायतका नेतालाई ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौं साउन १६,
ललितपुर जिल्ला अदालतले सोमबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेतालाई पक्राउ पुर्जी जारी गरेको छ ।

जारी पक्राउ पुर्जीमा  हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै उनीहरुलाई पक्राउ पुर्जी जारी गरिएको अदालतले जारी पूर्जीमा उल्लेख गरिएको छ।

त्यस्तै जारी पक्राउ पुर्जीमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ।