आइतवार, बैशाख १६, २०८१

आज साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं साउन ९,

आज साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइचो लागेको छ । मुलत साउन महिना भगवान् शिवजीको प्रिय महीना मानिन्छ । त्यसमाथिपनि साउने सोमबारका दिन

भगवान् शिवको पूजाआराधना गरे मनोवाच्छित फल प्राप्त हुने जन विस्वास रहिआएको छ। त्यसअर्थमा पनि आजको दिन भगवान् शिवको पूजा आराधनाका लागि पाशुपत क्षेत्र स्थित पशुपतिनाथ मन्दिर संगै गोकर्णेश्वर, महेन्द्रश्वर महादेव लगायतका उपत्यकाका विभिन्न शिवालयमा भक्तजनको भीड लागेको हो ।

त्यस्तै आजको दिन विवाहिता महिलाले अटल सौभाग्य एवं अविवाहिता महिलाले सुयोग्य वर पाउने धार्मिक मान्यतासमेत व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने परमपरा रहिआएको छ ।

भक्तजनको दर्शनका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको जनाउँदै पशुपति क्षेत्र विकास कोषले मन्दिरमा आज बोल बम यात्रीको पनि उल्लेख्य सहभागिता रहेको जनाएकोछ ।