सोमवार, बैशाख २४, २०८१

थप ३४७ जनामा कोभिड सङ्क्रमण , दुईको मृत्यु

काठमाडौं साउन ८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा देशभर थप ३४७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । ३ हजार ८८८ जनाको नमूना परीक्षण अन्र्तगत २ हजार ३६० जनाको पीसीआर परीक्षण र १ हजार ५२८ जनाको एन्टिजेन परीक्षणकोक्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको मन्त्रालयले जनाएको हो ।

त्यस्ते मन्त्रालयले यसवीचमा ९५ जना सङ्क्रमणमुक्त भएका छनभने सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ रहेको जानकारीदिएको छ । साथै दुई जनाको सङ्क्रमणका कारण मृत्यु भएको र योसंगै जनाएको छ ।

कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको जानकारी दिदै पछिल्लो समय २२ जना संक्रमितको आईसीयूमा र दुई जनाको भेन्टिलेटरमा उपचार भयरहेको जनाएको छ। त्यस्तै उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १ हजार ७६३, ललितपुर ३१३ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।