मङ्लबार, बैशाख २५, २०८१

प्रेस युनियनमा लम्साल प्यानलको बाहुल्यता

काठमाडौं साउन ८,

लोकतन्त्रवादी पत्रकाररुको साझा संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा ९औं महाधिवेशन अन्र्तगत शनिवार भएको निर्वाचनको आइतबार सम्पन्न मतगणनाबाट प्राप्त परिणाम अनुसार संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दूलाई पराजित गरि इतर समूहबाट लम्साल अध्यक्षमा निर्वाचित भएको हो ।

त्यस्तै युनियनको वरिष्ठ उपाध्यक्ष, महासचिव उपाध्यक्ष, महिला उपाध्यक्षमा समेत लम्साल प्यानलकै प्रेम केसी,दिलिप पौडेल ,नकुल अर्याल, सलोजा दाहाल निर्वाचित भएकी छिन । त्यस्तै खुला उपाध्यक्ष  र कोषाध्यक्षमा संस्थापन पक्षका भिष्मराज ओझा र   माधव धिताल निर्वाचित भएको छ ।

यद्यपी उपत्यका उपाध्यक्षमा जीवन भण्डारी सहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्यता रहेको छ । मतगणना सम्पन्न भएपनि आधिकारिक मतपरिणाम घोषणा भइनसके पनि अध्यक्षमा निर्वाचित लम्सालाइ बधाइ दिनेको ओइरो लागेको जानकारी प्राप्त भएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930