मङ्लबार, बैशाख १८, २०८१

भक्तपुरको सल्लाघारीमा रुख ढल्दा बस र स्कुटरमा सवार ३ को मृत्यु, एकदर्जन यात्रु घाइते

काठमाडौं साउन ८,

काठमाडौँबाट भक्तपुरको लागि गुडेको बा२ख ३५८४ नं को यात्रुवाहाक बस भक्तपुरको सल्लाघारीमा पुग्दै गर्दा एक्कासी रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार सल्लाघारीमा आज मध्यान्ह चलेको हावाहुरीका कारण ढलेको रुखले गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार अचानक भएको यस दुर्घटनाका कारण बसमा सवार २ र स्कुटरमा सवार १ जनाको घटनास्थलमा मृत्यु भएको जनाउँदै बाँकी १२ जना घाइते यात्रुको नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले मृतक तथा घाइतेको पहिचान खोज्ने कार्य जारी रहेको जनाएको छ।