शुक्रबार, बैशाख १४, २०८१

चौपायाको कुर्बानी सहित मुस्लिम धर्मावलम्बीले आज बकर ईद पर्व मनाउदै

काठमाडौ असार २६,

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक परम्परा अनसार आज मुस्लिम धर्मावलम्बीलेहरुले आज आफ्नो दोस्रो महान् पर्व बकर ईद [इदुल जोहा]आज देशभरका मस्जिदमा मनाउँदै छन ।

पर्व बकर इद पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान सहित नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिदै यो पर्व मनाउँने गरिन्छ ।

यसरी कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा रहेको सम्वद्ध समुदायले जनाएको छ।

त्यस्तै पर्वको अवसरमा राजधानीस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिदमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगले जनाएको छ। त्यस्तै पर्वको अवसमार आज सरकारले सार्वजनिक विदा समेत दिएको  छ ।