शुक्रबार, चैत्र १६, २०८०

आज हरिशयनी एकादशी :घर- घरमा तुलसी रोपण सहित चतुर्मास व्रतको शुभारम्भ गर्दै

काठमाडौ असार २६,

आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आजबाट हिन्दू धमाम्लम्बीहरुले आ(आफ्नो घर(घरमा तुलसी रोपी पूजाआजा सहित चतुर्मास व्रतको शुभारम्भ गर्ने गरिन्छ ।

धार्मिक दस्तावेजमा उल्लेख भएअनुसार आजको दिनबाट भगवान विष्णु चार महिनासम्म सयनमुद्रामा रहनु हुने भएकाले अषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । हरिशयनी एकादशीका दिन भगवान विष्णुको प्रतिक तुलसी रोपेपछि पूण्य प्राप्त हुँने विस्वास गरिन्छ ।

त्यस्तै आषाढदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । साथै आज रोपण गरिएको तुलसीलाइ चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि सहितको परम्परा रहिआएको छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापन समेत गर्ने गरिन्छ ।