शुक्रबार, बैशाख १४, २०८१

आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं असार २० ,

नेपाल पत्रकार महासंघले ललितपुरको कुपण्डोलस्थित आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । उक्त दैनिककाअनुसार आइतबार राति ९ः०० बजेतिर मादक पदार्थ सेवन गरेका आफूलाई नेपाल प्रहरीका डीएसपी रतन खड्काको दाइ बताउने महेश खड्का भन्ने व्यक्ति एक्कासि कार्यालयमा प्रवेश गरी बिनाकारण त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीमाथि कुटपिट गर्नुका साथै तोडफोडको प्रयाससमेत गरेका थिए ।

त्यस्तै घटनालगत्तै प्रहरीलाई खबर गरेपछि पक्राउ परेका निज खड्कालाई सडकमा पुर्‍याएर प्रहरीले तुरुन्तै छाडिदिनु दुःखद् विषय भएको भनदै महासंघले प्रहरीको यस्तो गैरजिम्मेवार कार्यको विरोध गरेको छ ।

त्यस्तै विज्ञप्तिमार्फत महासंघले कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम भएको भन्दै प्रेसविरोधी यस्ता कार्यमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चार माध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गरेको छ ।

यसैवीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आज बसेको पूर्ण पाँचौ बैठकले ललितपुरको कुपण्डोलस्थित कार्यालय रहेको आर्थिक दैनिकको कार्यालयमा आइतबार राती पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग बैठकले माग गरेको छ । बैठकले प्रेस विरोधी कुनै पनि घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

यसरी भएको थियो घटना : 

  • आफूलाई नेपाल प्रहरीको डीएसपी रतन खड्काको दाइ बताउने ललितपुरको भैँसेपाटी क्षेत्रका महेश खड्का भन्ने व्यक्तिले आइतबार राति करिब पौने ९ बजे मादक पदार्थ सेवन गरी कुपण्डोलस्थित आर्थिक दैनिकको कार्यालयमा प्रवेश गरीआर्थिक दैनिकको कार्यालयलाई आफ्नो घर भएको दाबी सहति पत्रकाररकर्मचारीलाई कुटपिट र तोडफोडको प्रयास  ।
  • आर्थिक दैनिकका कर्मचारीले उनलाई सम्झाएर बाहिर पठाउने कोशिस गरे पनि खड्काले प्रत्येकसँग झगडा गर्दै कुटपिटको प्रयास गरेपछि नेपाल प्रहरीको १०० नम्बरमा खबर गरिएको थियो ।
  • नेपाल प्रहरीलाई खबर गरे पनि कुपण्डोलको पुलको बिटमा रहेका प्रहरी खबर पाएको २० मिनेटपछि मात्र आर्थिक दैनिकको कार्यालयमा आइपुगेको थियो । त्यसपछि पुलिसले आर्थिक दैनिकको दोस्रो तलाबाट निज खड्कालाई सडकमा पु¥याएर सोधपुछ गरिरहेको बेला एक स्कुटर चालकले पुलिसको कानमा उनी डीएसपी रतन खड्काका दाइ भएकाले छाडिदिन भनेका थिए । त्यसपछि दुई जना प्रहरीले उनलाई तिनै स्कुटर चालकको जिम्मा लगाएर पठाउँनु ।
  • राति पत्रिकाको कार्यालयमा प्रवेश गरेर कुटपिट र तोडफोडको प्रयास गर्ने व्यक्ति जतिसुकै शक्तिशालीका आफन्त भए पनि कारबाही गर्नुपर्नेमा सुटुक्क छाड्नाले प्रहरीका उच्च अधिकारीका आफन्तहरुलाई जुनसुकै अपराधमा पनि छुट हुने देखिएको छ भने पक्राउ गर्न गएका प्रहरीहरुले पनि उनको वास्तविकता बुझेर परिवारको जिम्मा लगाउनुपर्नेमा सडकमा स्कुटर चढेर आउने व्यक्तिले जे भन्छ त्यही मानेर छाड्नाले घटना थप रहस्यमय ।
  •  खड्कालाई प्रहरीले समातेर तल सडकमा लगेपछि तुरुन्त स्कुटरमा आएका एक व्यक्तिले उनी प्रहरीका उच्च तहका आफन्त भएको भन्नुले घटनामा केही व्यक्तिको योजना रहेको आशंका ।