बिहिबार, बैशाख १३, २०८१

प्रम देउवा नेतृत्व मन्त्रीपरिषद छैटौँपटक पुनर्गठन, नवनियुक्त मन्त्रीत्रयको सपथ आजै 

काठमाडौं असार २०,
काँग्रेस सभापति शेरबहादुर देउवाले आफु नेतृत्वको गठबन्धन सरकारको मन्त्रीपरिषद छैटौँपटक पुनर्गठन गर्नुभएको छ । सत्ता साझेदारदल जसपाको तर्फबाट यसअघि सरकारमा सहभागी मन्त्रीहरुलाइ फिर्ता बोलाउँदै नयाँ ३ जना मन्त्री सिफारिस गरेअनुरुप प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले नयाँ ३ मन्त्रीलाइ नियुक्त गर्दै मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गर्नुभएको हो ।

गठबन्धन सरकारका लागि महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता वोलाउँदै मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीको नयाँ जिम्मेवारीमा नियुक्त भएका छन् । प्राप्त जानकारी अनुसार नवनियुक्त मन्त्रीहरूको आजै अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहणको कार्यक्रम रहेको थाहा भएको छ ।