शुक्रबार, बैशाख १४, २०८१

प्रेस सङ्ग्रहालयप्रति सरकार सकरात्मक: सञ्चार मन्त्री कार्की

काठमाडौ असार १९,
वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामग्रीसहितको सङ्ग्रहालयका लागि काउन्सिलले गरिरहेको तयारीको प्रससा गर्दै सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस सङ्ग्रहालय अघि बढाउन नेपाल सरकार सकरात्मक रहेको बताउनुभएको छ । आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्नेक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएके हो।

त्यस्तै उहाँले नेपाली प्रेसको अनुगमन र नियमनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव संगै सङ्ग्रहालय र काउन्सिलभित्र रहेका अनलाइन, रेडियो, प्रिन्ट र छापा माध्यम अनुगमन संयन्त्रबारे अवलोकनपछि सेवा, सुविधा बढेसँगै काउन्सिलको प्रभावकारिता बढाउँदै काउन्सिललाई उदाहरणीय संस्था बनाईनुपर्नेमा उहाँको जोड रहेको थियो ।

त्यसक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ, मर्यादित, सन्तुलित र जिम्मेवार पत्रकारिता विकासका लागि नयाँ नयाँ कामको थालनी काउन्सिलबाट भइरहेको जानकारी दिनुभएको थियो । काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको ९रेडियो, टेलिभिजन, अनलाइन० अभिलेख प्रणाली, अनुगमन कक्ष, प्रेस सङ्ग्रहालयबारे जानकारी दिनुभयो । उहाँले मिल्दादुल्दा नामका अनलाइनलाई सुचीकरण नगर्ने, अनलाइन दर्ता अघि अनिवार्य अभिमुखीकरण कक्षामा बस्नुपर्ने, आचारसंहिता उलङ्घन गर्नेलाई आचारसंहिताको कक्षा दिइने गरेको, जानकारी संगै प्रेस काउन्सिल कर्मचारी विनियमावली र प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली तत्काल संशोधन गर्नुपर्ने, प्रेस काउन्सिल ऐन २०४८ मा उल्लेख भएका कतिपय प्रावधान संसोधनका लागि पेस भएकाले शीघ्र अघि बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण समेत गराउनुएको थियो ।

त्यस्तै उपप्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।