बिहिबार, बैशाख १३, २०८१

बढ्यो कोभिड संक्रमितको सख्या ,काठमाडौं उपत्यकामा मात्र १७२ जना सक्रिय सङ्क्रमित

काठमाडौं असार १९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछल्लो २४ घण्टामा थप ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयले ११ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ३९ र ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ गरेर ५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो।

त्यस्तै मन्त्रालयले सक्रिय सङ्क्रमितको सख्या ह्वात्तै बढेर रहेको ३३३ जना पुगेको जनाएको छ भने यसमध्ये काठमाडौं उपत्यकामा मात्र १७२ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।