बिहिबार, बैशाख १३, २०८१

काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार

काठमाडौं असार १९,
नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानलाई टुङ्गो लगाउनुको अलावा थपअन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढदल नेपाली काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार बस्ने भएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलn] भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानमा एकता रुपता कायम गर्न सहजीकरणसंगै प्रस्तावित विषयमा असार २७ गते बस्ने केन्द्रीय समितिको बैठकमार्फत नितिगत निर्णय गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा काँग्रेस केन्द्रीय सदस्य एनपी साउथको संयोजकत्वमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानको अध्ययन र विश्लेषणकालागि गठित ७ सदस्यीय समितिको तर्फबाट बैठकमा प्रतिवेदन पेश हुने कार्य सूची रहेको  जानकारी प्राप्त भएको छ।