शनिबार, बैशाख १५, २०८१

निजगढ विमानस्थल निर्माणकार्य तदारुकताका साथ अगाडि बढाउँन प्रम देउवाको निर्देशन

  • काठमाडौं असार १८,
    प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री देउवासहित सत्तागठबन्धन दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको शनिबार स्थलगत अवलोकनपछि यस्तो निर्देशन दिनुभएको हो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राजमोकी नेतृ दुर्गा पौडेलसहितका नेताहरु शनिबार निजगढ पुग्नुभएको हो ।

निजगढमा विमानस्थल निर्माण सम्बन्धमा सिर्जित यावत विवादको सम्बोधन गर्दै सर्वोच्च अदालतले बुधबार विमानस्थल सम्बन्धी मुद्दाको फैसला गर्दै निर्माण गर्ने जिम्मा सरकारलाइ दिएसंगै प्रधानमन्त्रीसहितका गठबन्धन दलका शीर्ष नेताहरु अवलोकनका लागि निजगढ पुग्नु भएके र विमानस्थल निर्माणको क्रमममा भइरहेको कार्यसम्पादको जानकारीलिदै प्रम देउवा लगायत गठबन्धनदलका नेताहरुले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।