शुक्रबार, बैशाख ७, २०८१

आज सत्ता साझेदार दल माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौ असार १९,
सत्ता साझेदारदल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राजधानीमा बस्दै छ ।

गत पुसमा ८ औं महाधिवेशन मार्फत अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन नसकेको अवस्थाको सम्बोधन अन्र्तगत केन्द्रीय समितिलाई पूर्णता दिेन पदाधिकारी पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनसंगै गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा रहेको जनाएको छ।

संभवत सहमति भएको महाधिवेशन मार्फत तय गरिएको वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितका पदाधिकारीको छिनोफानो समेत गर्ने तयारी रहेको थाहा भएको छ। त्यस्तै आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिवेदन समेत पेश गर्ने बुझिएको छ।