शुक्रबार, चैत्र १६, २०८०

सत्तागठबन्धनको हस्ताक्षर संकलन अभियानसंगै मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व छाड्दै

काठमाडौं असार १८,

बागमती प्रदेश मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै गर्दाका गरेको लिखित भद्र सहमति मान्न अस्विकार गर्दै आइरहेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले रस्साकस्सी एवम केन्द्रीय नेतृत्वको निर्देशन पछि प्रदेश सरकारको नेतृत्व सहमति अनुरुप छाड्न तयार भएका छन ।

प्रदेश सरकार मुख्यमन्त्री पाण्डेले यसअघि सहमति मान्न देखाएको अस्विकारोक्तिसंगै सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गरेसंगै प्रदेश सरकारको नेतृत्व छाड्न लचिलो भएको बुझिएको छ।

सत्तागठबन्धनबाटै हस्ताक्षर संकलनको तयारी र केन्द्रीय नेतृत्वको दवाव निर्देशन पछि दबाबमा परेका मुख्यमन्त्री पाण्डेले संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेको बुझिएको छ ।

मुख्यमन्त्री पाण्डेले राजीनामा दिएसंगै सहमति अनुरुप कांग्रेस संसदीय दलका नेता बानियाँले नयाँ मुख्यमन्त्रीको पदभार ग्रहण गर्ने भएका छन ।