शुक्रबार, बैशाख १४, २०८१

जसपाले पार्टीबाट मौजुदा सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौं असार १७,
काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सत्तासाझेदार दल जनता समाजवादी पार्टीले पार्टीबाट मौजुदा सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।

पार्टी उच्च् स्रोतका अनुसार जसपाबाट सरकारमा सहभागी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहाय प्रसाद यादव र कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवलाइ फिर्ता वोलाउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवले उनिहरुको स्थानमा नयाँ मन्त्रीको अनुहार समेत पहिचान गरिसको जनाएको छ ।

यसवीचमा प्राप्त जानकारी अनुसार अध्यक्ष यादवले सुशीला श्रेष्ठ ,त्यस्तै डा सूर्य नारायण यादव मोहम्मद इस्तियाक राई रडा सुरेन्द्र यादवलाई कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि सिफारिस गरेको बुझिएको छ । यद्यपि यसको औपचारिक पुष्टि भने भएको छैन ।त्यस्तै मौजुदा सरकारमा सहभागी मन्त्रीहरुको पनि यो समाचार तयार पार्दा सम्म राजीनामाको प्रसंग उठान भएको छैन ।