शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा भुसको आगो जस्तो फेलिदै हैजा,  थप तीन जनामा संक्रमण

काठमाडौ असार १७ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय भुसको आगो जस्तो गरि फैलिदै गरेको हैजाको संक्रमण बढ्दो रहेको जनाएको छ। मन्त्रालयले आज जारी गरेको बुलेटिनमा काठमाडौँ उपत्यकामा आज थप ३ जनामा हैजा संक्रमण देखिएको उल्लेख गरिएको छ । स्मरण रहोस आज देखिएको हैजाको विरामीसंगै उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

त्यस्तै मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको जनाउ दिनुभएको छ ।