शनिबार, बैशाख १५, २०८१

अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना, एकको मृत्यु, ३८ घाइते

काठमाडौं असार १६,
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने बसमार सवार ३८ जना यात्रु घाइते भएका छन् ।
आजक कार्यालय समय पछि घरतर्फ फर्केने क्रममा बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
त्यस्तै बस दुर्घटनामा परी एक महिलाको निधन भएको छ भने घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पतालमा उपचार्थ भर्ना गरिएको जनाउ सहित घाइतेको थप विवरणसंगैं घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।