शनिबार, बैशाख ८, २०८१

दिनानुदिन कोभिड संक्रमितको संख्या बढ्दै

काठमाडौं असार १६,
पछिल्लो समय उपत्यका लगायत देशैभर कोभिड संक्रमितको सख्या बढ्दो पाइएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा देशभर थप ५५ जनामा कोभिड भाइरसको संक्रमण पुष्टि भएको जनाएकासंगै दिनानु दिन संक्रमितको सख्या बढ्दो पाइएको हो ।

मन्त्रालयले २ हजार ६९८ जनाको नमूना परीक्षण अन्र्तगत पीसीआरबाट १ हजार ५३२ जनाको नमूना परीक्षण गर्दा ३६ जना र एन्टीजेन विधिबाट १ हजार१६६ जनाको नमूना परीक्षण गर्दा १९ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जानकारी दिएको छ । त्यस्तै यसवीचमा १७ जना संक्रमणमुक्त भएको जानकारीसंगै सक्रिय संक्रमितको संख्या २८० पुगेको जनाएको छ ।